रामघाटलाई हराउँदै लामागाउँ गुम्बा च्याम्पियन
पाेखरा | असोज २४, २०८०
पोखरा: पोखरामा सम्पन्न प्रथम खुल्ला सेभेन साइड फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा च्याम्पियन बनेको छ ।
एट टु नाइन गाइजद्वारा आयोजित पहिलो संस्करणको सेभेन एसाइड फुटबल प्रतियोगिताको फाइनलमा रामघाट एफसीलाई हराउँदै लामागाउँले उपाधि जितेको हो ।
१/१ गोलको बराबारीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा रामघाटलाई लामागाँउले ३/२ गोल अन्तरले पराजित गर्याे ।
लामागाउँका गोलरक्षक अन्जन क्षेत्रीले बललाई रोक्दै टिमलाई च्याम्पियन बनाए । साथै सो खेलबाट क्षेत्री नै म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता च्याम्पियन बनेको लामागाउँले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख हात पार्याे । यस्तै उपविजेता बनेको रामघाटले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार रुपैयाँ प्राप्त गर्याे ।
प्रतियोगिताबाट विशन गुरुङ सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।
यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा लामागाउँका अन्जन क्षेत्री, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमका अनजुज भण्डारी पुरस्कृत बने भने अनुशासित टिमको रुपमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड घोषित भयो ।
कुल ३९ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता समूहका खेलाडीलाई सेभेन ए साइड महासंघ अध्यक्ष नवीन पुन, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य विनय थापा, टेकबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...
पोखरा: पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रत...
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...

